फ्लोरक्रस गरेका कुर्मराज शाही पुनः एमाले प्रवेश गरेपछि पाए टिकट

Read Time = 1 min

-मानबहादुर बिश्वकर्मा
कालीकोट । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला ईन्चार्ज कुर्मराज शाहीलाई गठबन्धनले टिकट नदिएपछि एमाले प्रवेश गरेर उम्मेदवारी दर्ता गर्नुभएको छ। कालिकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर (क) मा गठबन्धनले उहाँलाई टिकट नदिएपछि उहाँ एमाले प्रवेश गर्नुभएको थियो ।

फ्लोरक्रस गरेर आफुले गठबन्धनलाई जोगाउँदा पनि गठबन्धनले आफूलाई नटेरेको कारण आफुले एमालेमा प्रवेश गरेर उम्मेदवारी दिएको नेता शाहीले बताउनु भयो ।

२०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित हुनुभएका शाही नेकपा विभाजनपछि फ्लोरक्रस गरेर एकीकृत समाजवादीमा बस्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?