रुविनाले पुलिसबाट खेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

पोखरा । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेट प्रतियोगिता नेपाल पुलिस क्लबबाट खेल्नुहुने भएको छ ।

पहिलोपटक टिम निर्माण गर्दै घरेलु क्रिकेटमा डेब्यु गर्न लागेको पुलिसले रुविनासहित केही राष्ट्रिय टोलीका खेलाडीहरूसमेत समेटेको छ । पुलिसको टोलीमा रुविनासँगै काजल श्रेष्ठ, हिरन्मई राय, संगीता राई, अप्सरी बेगम र सबनम राई रहनुभएको छ । यस्तै, तीव्र गतिकी बलर कविता कुँवर र अलराउण्डर कविता जोशी सुदूरपश्चिमबाट रहनुभएको छ । उहाँहरू सबै राष्ट्रिय टोलीको सदस्य हुनुहुन्छ ।

पुलिसको टोलीमा समग्रमा आठ नेपाली महिला क्रिकेट टोलीका सदस्य हुनुहुन्छ । प्रदेश १ बाट ६ र सुदूरपश्चिमबाट आठ खेलाडी रहनुभएको छ । त्यसबाहेक पुलिसको टोलीमा युवा ओपनर रेवती धामी, तीव्र गतिकी बलर ईश्वरी विष्ट, शोभा रोकाया र स्पिनर लक्ष्मी साउद पनि रहनुभएको छ ।

पुलिसले पहिलो खेल सोमबार कर्णाली प्रदेशसँग खेल्दै सुरुवात गर्नेछ । समूह ‘ए’ मा एपिएफ, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् ।

सेमिफाइनल असोज ३१ र फाइनल कात्तिक १ मा हुनेछ । पहिलो दिन बागमती प्रदेशले सुदूरपश्चिमलाई ८ विकेट तथा मधेशले गण्डकीलाई ४० रनले हराउँदै विजयी सुरुवात गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?