यस्तो छ- यू-१५ महिला साफ च्याम्पियनसिपको खेल तालिका

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आगामी नोभेम्बरको पहिलो साता बंगलादेशमा आयोजना हुने यू–१५ महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ। साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार साँझ खेल तालिका सार्वजनिक गरेको हो।

प्रतियोगिता आगामी नोभेम्बर १ देखि ११ सम्म हुनेछ। ढाकामा हुने प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन्।

नेपालले पहिलो खेलमा भुटानविरुद्ध नोभेम्बर ३ मा खेल्नेछ। दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५ मा खेलेपछि भुटानसँग नोभेम्बर ९ र नोभेम्बर ११ मा फेरि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।

डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ। प्रतियोगिताका लागि नेपालको बन्द प्रशिक्षण सुरु भइसकेको छ।

जसका लागि ३० खेलाडी रहेका छन्। टोलीको मुख्य प्रशिक्षकमा भगवती राना मगर, सहायक प्रशिक्षकमा मंगल महर्जन र गोलकिपर प्रशिक्षकमा छन्नुराम चौधरी रहनुभएको छ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडी :

गोलकिपरः राधिका ओली, सुजता तामाङ, सानीमाया स्याङ्तान, रुपा धिमाल ।

डिफेन्डरः दीपा मगर, सान्जी थिङ, अञ्जना पुन मगर, विपना स्नेही, रेणु लिम्बु, अनिशा विक, अमिता भुल, प्रेरणा डोल्मा लामा, सीता रोकाया ।

मिडफिल्डरः रेविका नेपाली, सिवांगी स्नेही, मनिषा सेन, सुशीला केसी, सिमरन राई, दिलमाया घिसिङ, यशोधा बोहरा, पुनम चेम्जोङ, निर्मला आचार्य, सविता मण्डल, भूमिका बुढाथोकी, भावना परियार ।

फरवार्ड : समीक्षा मगर, दीपा रोकाया, वर्षा ओली, सेनु परियार, सुक्रिया मिया ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?