नवलपरासी–१ मा चौधरीलाई गठबन्धनको समर्थन हुँदा त्रिपाठीलाई एमालेको समर्थन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेले जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई समर्थन गरेको छ । नवलपरासी–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिनुभएका त्रिपाठीलाई समर्थन गर्दै एमालेले आफ्ना उम्मेदवार सिन्धु जलेसा बुढाथोकीको उम्मेदवारी फिर्ता लिएको हो ।

यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा त्रिपाठी नेकपा एमालेको सूर्य चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेर निर्वाचित हुनुभएको थियो ।

नवलपरासी १ मा नेपाली कांग्रेसका उम्मेदवार उद्योगी विनोद चौधरी हुनुहुन्छ। उहाँलाई सत्तारुढ गठबन्धनमा रहेका दलहरुको साथ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?