धादिङमा एमाले र राप्रपाबीच तालमेल, कतै किर्ते कतै भाँडभैलो

हिमालय टाइम्स
Read Time = 8 mins

-बाबुराम श्रेष्ठ
धादिङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा धादिङ जिल्लामा नेकपा (एमाले) र राप्रपाबीच तालमेल हुने भएको छ ।

आगामी निर्वाचनका लागि एमाले र राप्रपाबीच चुनावी तालमेल हुने भएको हो । धादिङबेसीमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हिजो बुधवार भएको राप्रपाका प्रतिनिधिसभा उम्मेदवार परशुराम तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ भने धादिङ २ (क) का नारायणप्रसाद पोखरेलले प्रदेशसभा उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिनुभएको छ । एमालेका धादिङ २ (ख) का उम्मेदवार धनबहादुर घलेको उम्मेदवारी एमाले केन्द्रीय कार्यालयबाट फिर्ता लिएपछि तालमेल सम्भव भएको हो ।

अब प्रतिनिधिसभाका लागि धादिङ क्षेत्र नम्बर २ मा खेम लोहनी, धादिङ २ (क) मा डा रामकुमार अधिकारीलाई राप्रपाले सहयोग गर्ने भएको छ । यस्तै धादिङ २ ख मा राप्रपाका डम्बर बहादुर तामाङलाई एमालेले सहयोग गर्नेछ । यसैगरि राप्रपपाले धादिङ क्षेत्र नम्बर १ मा राप्रपाका उम्मेदवार अजय रिमालको उम्मेदवारी राप्रपा केन्द्रीय कार्यालयको पत्रले फिर्ता भएपछि राप्रपाले एमाले उम्मेदवार भूमि त्रिपाठीलाई सहयोग गर्ने भएको छ । धादिङ क्षेत्र नम्बर १ को (क) र (ख) प्रदेशमा समेत राप्रपाले एमाले उम्मेदवारलाई सहयोग गर्नेछ ।

यसैगरी बुधबार निर्वाचन अधिकृतको कार्यालयमा धादिङ क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका नेपाली काँग्रेसका पूर्व सभापति रमेश धमलाले उम्मेदवारी फिर्ता गर्नुभएको छ ।

यस्तै नेकपा एमालेका तर्फबाट धादिङको क्षेत्र नम्बर २ प्रदेश ‘ख’ का उम्मेदवार धनबहादुर घलेले पार्टी परित्याग गरेको छ । राप्रपासँग तालमेल पछि पार्टीले आफ्नो उम्मेदवारी फिर्ता गराएको भन्दै घलेले सामाजिक संजाल फेसबुक मार्फत पार्टीको पदबाट राजीनामा र पार्टी परित्याग गरेको जानकारी गराउनु भएको छ ।

नेकपा एमालेले धादिङ प्रतिनिधिसभा क्षेत्र २ को प्रदेशसभा ‘ख’ मा धन बहादुर घलेलाइ फिर्ता बोलाएर राप्रपाका नेता एवं बुद्धिमान तामाङका भाइ डम्वर तामाङलाई सघाउने भएको छ । एमालेकै उम्मेदवार रहेका खेम लोहनीले राप्रपाका उम्मेदवार डम्बर घलेलाई समर्थन गर्ने सहमति गर्नुभएको छ । ‘खेम लोहनीले म काठमाडौंमा रहँदा मलाई नै नसोधी मेरो उम्मेदवारी रद्द गरी राप्रपाका उम्मेदवारलाई समर्थन गरेछ,’ घलेले भन्नुभयो। एमालेकै एउटा समुहले घलेको उम्मेदवारी फिर्ता लिएर लोहनीले किर्ते गरेको आरोप लगाएको छ । ‘यो एमालेको जिल्ला नेता खेम लोहनीको किर्ते हो । ‘यो एमालेको जिल्ला नेता खेम लोहनीको किर्ते हो । हाम्रा उम्मेदवारलाई एक वचन नसोधी उम्मेदवारी फिर्ता लिएर राप्रपाका उम्मेदवारलाई समर्थन गरेको देखियो’, घलेले भन्नुभयो– । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रसा)सँग तालमेल गरेर घलेको ठाउँमा राप्रपाका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।
धादिङ २ को प्रतिनिधिसभा तर्फका एमालेकै उम्मेदवार रहेका खेम प्रसाद लोहनीले राप्रपाका उम्मेदवार डम्बर घलेलाई समर्थन गर्ने सहमति गर्नुभएको छ। घले पूर्व सांसद र एमाले धादिङका उपाध्यक्ष हुनु हो । ‘म संग कसैले अनुमति पनि मागेका छैन । पद र पावरको बलमा निर्वाचन अधिकृतको संग साँठगाठ गरेर मेरो उम्मेद्वारी फिर्ता गराइयो’, घलेले भन्नुभयो– ‘म कानुन अध्ययन गर्दै छु, आगामी कदम कानुन अनुसार चाल्ने छु ।’ निर्वाचन कार्यालयले भने दलको पत्रको आधारमा एमालेबाट प्रदेशसभा उम्मेदवार बनेका घलेको उम्मेदवारी रद्द भएको जानकारी दिएको छ । तर, निर्वाचन आयोगले नै जारी गरेको नियमावलीमा भने दलको पत्रको आधारमा उम्मेदवारी रद्द गर्न पाउने व्यवस्था छैन । जारी भएको नियमावली अनुसार कुनै पनि उम्मेदवारले आफ्नो नाम उम्मेदवारको नामावलीबाट फिर्ता लिन चाहेमा निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको नाम फिर्ता लिन तोकिएको समयअवधि भित्र निर्वाचन अधिकृत समक्ष आआफ्नो फिर्ता लिन सक्ने उल्लेख छ । नाम फिर्ता लिएको सूचना उम्मेवार आफैले वा निजको निर्वाचन प्रतिनिधिले दाखिला गर्नुपर्ने समेत उल्लेख छ ।

यस्तै नेपाली कांग्रेस धादिङका पूर्वसभापति रमेश धमलाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेद्वारी दिएका कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारी विरुद्ध बागी उम्मेद्वारी दिनुभएका धमलाले बुधबार उम्मेद्वारी फिर्ता लिनुभएको हो। धमलाले धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट सदस्यका लागि उम्मेदवारी दिनुभएको थियो । उहाँको उम्मेदवारीका कारण जिल्ला सभापति तथा उम्मेदवार रामनाथ अधिकारी सबैभन्दा बढी समस्यामा पर्नुभएको थियो । पार्टी भित्र शेखर समुहमा रहेका धमलाले टिकट पाउने चर्चा थियो । उहाँले आफूले टिकट पाइसकेको समेत बताउँदै आउनुु भएको थियो । शेखर समुहबाट टिकट हात पारेपनि सोही समुहमा रहनुभएका अधिकारीले देउवासँग टेलिफोन वार्ता गरि आफूपनि संस्थापन तर्फ लाग्ने संकेत गरेपछि टिकट फेरी रामनाथको पोल्टामा पुगेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?