गहनाको अवैध कारोबारीविरुद्ध मुद्दा दायर

Read Time = 2 mins

काठमाडौं । राजस्व अनुसन्धान विभागले बिहीबार दुई व्यापारीविरुद्ध राजस्व चुहावटसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा दायर गरेको छ । बागलुङ नगरपालिका, वडा ७ गैरीगाउँ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-४ बस्ने सरोज विश्वकर्मा र अम्मर विश्वकर्माविरुद्ध मुद्दा दायर गरेको हो ।

२०७८ माघ १ गते पोखरा महानगरपालिका-३० पावर हाउस पृथ्वी राजमार्गमा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले अम्मर विश्वकर्माको साथबाट बिलबिजक तथा भन्सार प्रज्ञापनपत्रलगायतका कागजात नभएको अवस्थामा २३८.३४ ग्राम सुनका तीन थान सिक्री बरामद गरी थप अनुसन्धानका लागि विभागमा पेश गरेको र बरामदित सुनका सिक्री आफ्नो भएको दाबीसहित सरोज विश्वकर्मा विभागमा उपस्थित भएको विभागले जनाएको छ । अनुसन्धानबाट प्रतिवादीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ को उपदफा (क), (ख), (छ) र (झ) बमोजिम राजस्व चुहावटको कसुर गरेको पुष्टि भएको विभागको भनाइ छ ।

विभागका अनुसार निज प्रतिवादीहरूलाई १८ लाख ९४ हजार दुई सय आठ रुपैयाँ बिगो कायम गरी बरामदित सुनका सिक्री जफत गरी बिगोको शतप्रतिशत जरिवाना तथा कैदसमेत मागदाबी गरी मुद्दा दायर गरिएको विभागद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?