मधेस प्रदेशका तीन कांग्रेस मन्त्री पदमुक्त

हिमालय टाइम्स
Read Time = 2 mins
A A- A+

काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेसका तीन मन्त्री पदमुक्त हुुनुुभएको छ। प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले शुक्रबार कांग्रेसका तीन मन्त्री रामसरोज यादव, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहलाई पदमुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यादव भौतिक पूर्वाधार, शर्मा खानेपानी तथा ऊर्जा विकास र सिंह महिला, बालबालिका तथा युवा मन्त्री हुनुहुन्थ्यो । मुख्यमन्त्री राउतले तीनवटै मन्त्रालयको जिम्मेवारी आफैंले राख्नुभएको छ ।

केन्द्र सरकारले बिहीबार जसपाबाट मन्त्री बनेका चारजनालाई पदमुक्त गरेको रिसमा शुक्रबार मधेस प्रदेशका मुख्यमन्त्री राउतले कांग्रेसका तीन मन्त्रीलाई पदमुक्त गरेर बदला लिनुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार जसपाका राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई पदमुक्त गर्नुभएको थियो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?