इराकको राष्ट्रपतिमा रसिद निर्वाचित

Read Time = 1 min

इराक । इराकको राष्ट्रपतिमा कुर्द राजनीतिज्ञ अब्दुल लाटिफ रसिद निर्वाचित हुनुभएको छ । संसद्मा बिहीबार भएको मतदानपछि उहाँ राष्ट्रपतिमा निर्वाचित हुुनुभएको सभामुखले घोषणा गर्नुभएको हो । नयाँ राष्ट्रपति चयनका लागि संसद्मा दुईपटक मतदान भएको थियो । नवनिर्वाचित राष्ट्रपति रसिदले वर्तमान राष्ट्रपति बर्हाम सालेहलाई विस्थापित गर्नुभएको छ ।

मतदानमा सहभागी सांसदहरूमध्ये १६० जनाले नवनिर्वाचित राष्ट्रपति रसिदलाई समर्थन गरेका थिए भने ९९ जनाले सालेहलाई मतदान गरेका थिए । नयाँ राष्ट्रपति चयन गर्न इराकको संसद् यसअघि दुईपटकसम्म असफल भएको थियो ।

अहिले ७८ वर्ष पुग्नुभएका रसिद यसअघि सन् २००३ देखि २०१० सम्म जलस्रोत मन्त्री हुनुहुन्थ्यो । देशमा नयाँ राष्ट्रपति चयन गरिएसँगै इराकमा रहेको राजनीतिक गतिरोध अन्त्य हुन लागेको विश्वास गरिएको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?