अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुने

Read Time = 2 mins

काठमाडौं । महिला उद्यमी महासंघको आयोजनामा छैटौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७९ हुने भएको छ । भदौ २ गतेदेखि ६ गतेसम्म ललितपुरको सानेपा हेरिटेज गार्डेनमा मेला हुने महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छरिएर रहेका महिला उद्यमीलाई एउटै स्थानमा ल्याएर बजार व्यवस्थापनमात्रै नभई व्यवसाय सञ्जाल बढाउने उद्देश्यले मेला गर्न लागिएको बताउनुभयो । मेलामा सातै प्रदेशका महिला उद्यमी सहभागी हुने पनि उहाँले जानकारी दिनुभयो ।

छैटौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाकी संयोजक शोभा ज्ञवालीले मेलामा जिल्लास्तरदेखि अन्तर्राष्ट्रिय महिलाले उत्पादन गरेका सामग्री पनि रहने बताउनुभयो । मेलाले उद्यमी महिलाको सीप र सिर्जनालाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने उहाँको भनाइ छ ।

आयोजकका अनुसार मेलामा नेपाली महिला उद्यमीका साथै भारत, पाकिस्तान, बंगलादेशका महिला उद्यमी गरी एक सय नौ स्टल रहनेछन् । मेलामा हस्तकला सामानमा प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुना सामान, कागजका वस्तु, पुष्प सामग्री, जडीबुटी, गरगहना र सजावट सामान रहने बताइएको छ । मेलालाई नेपाल सरकार, युरोपियन युनियन, अन्तर्राष्ट्रिय व्यापार केन्द्र, फिन चर्च एड, एसिया फाउन्डेसन, कृषि विकास बैंकलगायतले सहयोग गर्ने भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?