सिएनआइको १९औँ वार्षिक साधारणसभा सम्पन्न

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)को १९औँ वार्षिक साधारणसभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको साधारणसभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, राज्यमन्त्री उमेश श्रेष्ठ, सिएनआईका अध्यक्ष एमिरेट्स सांसद विनोद चौधरीलगायत उच्च सरकारी अधिकारी, प्रतिष्ठित उद्योगी व्यवसायीको उपस्थिति रहेको थियो ।

सो अवसरमा सिएनआईले तयार गरेको चालु आर्थिक वर्षको बजेटमा समावेश भएका विषयवस्तुको प्रभावकारी कार्यान्वयन गर्न बजेट कार्यान्वयन योजना प्रधानमन्त्रीले सार्वजनिक गर्नुभयो । साधारणसभामा सिएनआईका पूर्वअध्यक्ष हरिभक्त शर्मा सिएनआई प्रेसिडेन्टस् अवार्डबाट सम्मानित गरिएको छ । त्यस्तै, निर्यात प्रवद्र्धनमा योगदान पुर्‍याएबापत गणपति वनस्पति र रिलाइन्स स्पिनिङ मिल्सलाई सिएनआई एक्सपोर्ट अवार्ड प्रदान गरिएको थियो । त्यसैगरी, सिएनआईको राष्ट्रिय परिषद् सदस्य छाया शर्मा, राजस्व समिति, परिसंघ प्रदेश एक तथा युवा उद्यमी मञ्चलाई समेत सम्मान गरिएको सिएनआईले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?