शासकीय प्रणाली सुधार गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री रावलको पहिलो निर्णय

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 2 mins

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलले सपथ लिनु भएको छ ।

मुख्यमन्त्री रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको सपथ गराउनु भएकाे हाे ।

बिहीवार साँझ प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री रावलले पद तथा गोपनीयताको सपथ लिनु भयाे। मुख्यमन्त्री रावलले अन्य दुई मन्त्रीलाई सपथ गराउनु भयाे ।

उहाँले माओवादी केन्द्रको दलको नेता खगराज भट्ट र एमालेबाट दलको उपनेता सन्तोष कुमारी शर्मा थापालाई मन्त्रीमा सपथ गराउनु भयाे । उहाँहरुको मन्त्रालय तोकिएको छैन ।

सपथ ग्रहणलगत्तै मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण गरेसँगै उहाँले पहिलो निर्णय शासकीय सुधार गर्ने जनाउनु भएको छ ।

उहाँले सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्ने सम्बन्धमा नतिजामुलक कार्ययोजना तयार पार्न प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन गर्नु भएको हो ।

उक्त कार्यदलमा सबैमन्त्रालयका सचिवहरु सदस्य रहेका छन् । ७ दिनभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन दिइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?