-चिसाङ शेर्पा
खोटाङ । जिल्ला खेलकुद विकास समिति खोटाङले खेलाडीलाई अनसाइजको ट्रयाकसुट ल्याएपछि खेलाडीले दाता खोजेर ट्रयाकसुट जुटाउँनु परेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत जिल्लाबाट प्रदेशमा छनोट भएका खेलाडी तथा अफिसियलले दाता खोजेर ट्रयाकसुट जुटाउनु परेको हो ।
जिल्ला छनोटबाट प्रदेश छनोटमा पुगेका १५८ जना खेलाडी र २८ जना अफिसियल गरी १८६ जनालाई खरीद गरिएको ट्रयाकसुट मिडियम र स्मल साइजको आएपछि अधिकांश खेलाडी तथा अफिसियले ट्रयाकसुट नलगेको बताएका छन् । अहिले ट्रयाकसुट जिल्ला खेलकुद विकास समितिमा स्टोर गरेर राखिएको छ ।
ट्रयाकसुट खरीदका लागि प्रदेश सरकारबाट ४ लाख २ हजार ६०० रुपैयाँ आएको थियो । खरीद गरिएको ट्रयाकसुट अनसाइज मात्रै नभई सिलाई राम्रो नभएको र नम्बर समेत नलेखिएको ल्याईएको श्रोतले बतायो ।
खेलाडी तथा अफिसियलका लागि ट्रयाकसुट खरीद गर्न आएको पैसाले नै जिल्ला खेलकुद विकास समितिले अनसाइज र कमसल ट्रयाकसुट ल्याएपछि दाता खोजेर खेलाडी र अफिसियललाई ट्रयाकसुट वितरण गर्नुपरेको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सन्जय कुमार राईले जानकारी दिनुभयो ।
फुटबल खेलाडीका लागि पनि दाता खोजेरै (जर्सी) व्यवस्थापन गर्नु परेको श्रोत बताउँछ । 'जिल्ला खेलकुद विकास समितिले अनसाइज जर्सी किनेको रहेछ । त्यो खेलाडीलाई कामै लागेन । पछि दाता खोजेर अर्कै जर्सी किनेर खेलाडीलाई दियौं' श्रोतले भन्यो ।
खेलकुद विकास समितिले १२/१३ वर्षका भाईबहिनीले लगाउनेजस्तो ट्रयाकसुट बाँडेको र त्यो काम नलाग्ने भएपछि खेलाडीबाटै पैसा उठाएर ट्रयाकसुट व्यवस्थापन गर्नु परेको तेक्वान्दोका जिल्ला कार्य समिति अध्यक्ष अनिल राईले बताउनुभयो । प्रतिव्यक्ति २२ सयका दरले ट्रयाकसुट खरीदका लागि पैसा आएको भन्ने छ । तर, सबैभन्दा कमसल नै ट्रयाकसुट छ । हामीले छनोट खर्च माग्दा समेत पछि दिन्छौ भनेका छन् राईले भन्नुभयो ।
आफूहरुले खेलकुद विकास समितिबाट छनोट खर्च पनि नपाएको र अनसाइज भेष्ट र टिसर्ट दिएपछि दाता खोजेर ट्रयाकसुट व्यवस्थापन गरिएको व्याडमिन्टन खेलाडी रेणुका राईले बताईन् । टेवलटेनिस खेलाडीले भने अनसाइजको ट्रयाकसुट भए पनि त्यस्तैले काम चलाउ गरेको बताएका छन् ।
भदौ २८ भित्र ट्रयाकसुट तथा जर्सी व्यवस्थापन गर्नुपर्नेमा प्रदेशबाट भदौ २६ गते पैसा आएकले कुनै गार्मेन्ट खाली नभएको र चाबहिलका एक गार्मेन्टमा बनाउन दिदां अनसाइज बनाईदिएको खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले बताउनुभयो । राईका अनुसार १०० पिस जती ट्रयाकसुट अनसाइज भएको छ । कतीपय खेलाडीहरुलाई आफ्नो व्यक्तिगत खर्चबाट ट्रयाकसुट व्यवस्थापन गरिदिएको उहाँले बताउनुभयो ।
गार्मेन्टले मिडियम ट्रयाकसुटको स्मल, लार्जको मिडियम, एक्सएलको मिडियम बनाई दिएपछि समस्या भएको हो । त्रुटि भएकाहरुलाई आफ्नै पैसाबाट व्यवस्थापन गर्ने प्रयास गरिएको छ । राईले भन्नुभयो, 'यी सबै गुनासोहरुलाई नवौं राष्ट्रिय खेलकुदपछि बसेर प्रष्ट पारिनेछ ।' छनोटको पैसा नपाएको गुनासो
नवौं राष्ट्रिय खेलकुद अन्र्तगत प्रदेशबाट जिल्ला छनोटका लागि आएको खर्च आफूहरुले नपाएको खेलाडी तथा प्रशिक्षकहरुले बताएका छन् । करातेले करसहित ६० हजार, एथलेटिक्सले १२ हजार र टेवलटेनिसको खेलाडी छनोटका लागि १० हजार खर्च पाउँदा अन्य ८ वटा विधाका खेलाडीहरुले छनोट खर्च नपाएको गुनासो गरेका छन् ।
तेक्वान्दो, ब्याडमिन्टनले पैसा नपाएको गुनासो छ । भलिवल, बक्सिङ, शाररिक सुगठन, बुद्धिचाल, उसुले भने पैसा नै लगेन । फुटबललाई भने ५ वटा बल खेलकुद विकास समितिले खरीद गरिदिएको थियो ।
जिल्लाको ११ वटा विधामा खेलाडी छनोटका लागी २ लाख १५ हजार बजेट आएको थियो । अन्य वजेटको विषयमा नवौ गेमपछि सबै प्रष्ट पारिने अध्यक्ष राईले बताउनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १ लाख ५० हजार र रावाबेशी गाउँपालिकामा ५० हजारको प्रस्तावना पनि दिईएको उहाँको भनाई छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच