सिद्धार्थले अस्पताललाई दियो डायलाइसिस मेसिन

Read Time = 2 mins

काठमाडौं । सिद्धार्थ बैंकले विराटनगरस्थित कोशी अस्पताललाई तीन थान हेमोडायलाइसिस मेसिन हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक समितिका सदस्य नरेन्द्रकुमार अग्रवालले उक्त मेसिन कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवलाई हस्तान्तरण गर्नुभएको हो ।

हेमोडायलाइसिस मेसिन अस्पतालले बिरामीको उपचारमा प्रयोग गर्नेछ । सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले हेमोडायलाइसिस मेसिनको उपयोगिता, प्रयोग र आवश्यकताबारे चर्चा गर्दै बैंकद्वारा हस्तान्तरित डायलाइसिस मेसिनको अधिकतम उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैंकले विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउंदै आएको बैंक सञ्चालक अग्रवालले जानकारी गराउनुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा भिम घिमिरे, सुरेश शर्मा, जगदीशप्रसाद अग्रवाल, राजेन्द्र राउत, ताराचन्द खेतानलगायतका वरिष्ठ उद्योगपति एवं समाजसेवी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, प्रदेश प्रमुख कमल बस्नेतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?