एमाले गणतन्त्र विरोधी : खानेपानी मन्त्री चौधरी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

सञ्जीवकुमार मिश्रा/हिटा
बारा । खानेपानी मन्त्री एवं नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले एमाले गणतन्त्रविरोधी रहेको आरोप लगाउनुभएको छ । एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सखाप पारी मुलुकमा एकतन्त्रीय शासन व्यवस्था लाद्न खोजेको उहाँले बताउनुभयो ।

बारा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय कार्यसमितिद्वारा आयोजना गरिएको चुनावी सभा एवं क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै उहाँले ओलीलाई यसपालीको निर्वाचनमा मधेशबाट सबक सिकाउनुपर्ने समय आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले मधेशविरोधी पार्टी हो । तराई मधेशका जनताहरूलाई प्रत्यक्ष फाइदा पुग्ने नागरिकता विधेयक राष्ट्रपतिसँग मिलेर ओलीले अलपत्र पारी सम्पूर्ण मधेशी जनताको भावनासँग खेलबाड गरेको छ ।’ ‘जो मान्छे आफूले प्राप्त गरेको झण्डै दुई तिहाइको सरकारलाई बचाउन नसकी आफ्नो स्वार्थ सिद्ध गर्नका लागि आफ्नै पार्टीका नेताहरूलाई पाखा लगाए, त्यस्ता मान्छेले देश बनाउँछ भनेर कसरी अपेक्षा गर्नु ?,’ मन्त्री चौधरीले प्रश्न गर्नुभयो ?

सुखी नेपाली, समृद्ध नेपालको झुटो नारा बाँडेर देशलाई तहसनहस पारेको, मानव अधिकार हनन, अभिव्यक्तिस्वतन्त्रता कुण्ठित एवं प्रेस स्वतन्त्रतामा समेत अंकुश लगाउने ओली सरकारलाई नेपाली जनताले चिनिसकेको आरोप उहाँले लगाउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?