बागलुङमा एक महिलाको हत्या

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

-डम्मर बुढा मगर

बागलुङ । बागलुङमा एक महिलाको शव फेला परेको छ । बागलुङ नगरपालिका-१ खनियाघाटकी ४० वर्षीया फुलमाया माझीको शव फेला परेको हो ।

माझीको लुटपाटपछि हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा थापाले बताउनुभयो ।

माझी शनिबार दिउसो बागलुङ बजारमा किनमेलका लागि आएको र साँझसम्म अबेरसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा पोखरा बागलुङ सडक छेउमा मृत फेला पारेका थिए ।

मृतक माझीका कानमा रहेका गरगहना चुडालिएको र मोबाइलसमेत हराएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । शवको पोस्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा राखिएको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको थापाको भनाई छ ।

मृतक माझीका श्रीमान, १ छोरा र ३ छोरी रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?