मंगलमद्वारा प्राविधिक पुरस्कृत

Read Time = 1 min

काठमाडौं । नेपालकै पहिलो सिपिभिसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलिमर पाइपिङ प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इन्डष्ट्रिज प्रालिले सुनसरीको इटहरीमा प्राविधिक भेटघाट एवं पुरस्कार वितरण सम्पन्न गरेको छ ।

कम्पनीका अनुसार गत वर्षको स्किममा प्राविधिकले गरेको प्रदर्शनअनुसार पुरस्कार वितरण गरिएको थियो भने स्किमअनुसारका अन्य विभिन्न उपहार पनि वितरण गरिएको थियो ।

जसअन्तर्गत प्राविधिकले दुईवटा १२५ सिसीका पल्सर मोटरसाइकल, एउटा १५० सिसीको पल्सर जित्नुका साथै छजनाले ल्यापटप, १० जनाले एक/एक तोला सुन र छजनाले टिभी जित्न सफल भएको कम्पनीका असिस्टेन्ट भाइस प्रेसिडेन्ट सुमित शर्माले जानकारी दिनुभयो । कार्यक्रममा सो क्षेत्रमा क्रियाशील करिब ५० जना प्राविधिकको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?