तेक्वान्दोमा पुलिसलाई छ, सेनालाई तीन र मधेशलाई एक स्वर्ण

हिमालय टाइम्स
Read Time = 6 mins

-धुवसागर शर्मा
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दो खेलमा नेपाल प्रहरी क्लवले ६ वटा स्वर्ण पदक जितेको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगितामा आइतबार सम्म १० वटा इमेन्ट्स सकिँदा नेपाली सेनाले तीन र मधेश प्रदेशले एक वटा स्वर्ण पदक जितेका छन् । प्रहरीले दुई, नेपाली सेनाले तीन, शसस्त्र प्रहरीले दुई, लुम्बीनीले दुई र मधेश प्रदेशले एक वटा रजतपदक जितेकाे राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हिरा थापाले जानकारी दिनुभयाे ।

गण्डकी र प्रदेश १ ले ५/५, सेना, शसस्त्र र बागमती प्रदेशले दुई/दुई तथा लुम्विनी र नेपाल पुलिस क्लवले एक/एक वटा कास्यपदक जितेका छन् । गिरोगी बिधाअन्तरगत बेनीको कालीपुल कवर्डहलमा आइतबार साँझ भएको खेलमा नेपाल प्रहरीका बिरबहादुर मोहरले ७४ केजीतर्फको पुरुष र सुमित विष्टले महिला ५४ केजीमा स्वर्ण पदक जितेका छन् ।

५७ केजी तौल समुह महिलामा नेपाली सेनाका सन्ध्याकुमारी सिंहले स्वर्ण, लुम्बीनीकी सिर्जना विष्टले रजत, गण्डकीकी सोविता थापा र पदेश १ का समिक्षा लिम्बुले कास्य पदक जितेका छन् । ७४ केजी पुरुषतर्फ शसस्त्रका उमेशराजा भण्डारीले रजत, बागमतीका दानबहादुर तामाङ र गण्डकीका शंकर पौडेलले कास्य पदक जिते ।
५४ केजी पुरुषतर्फ मधेशका अब्ताब आलमले रजत, प्रदेश १ का शिव खड्का र सेनाकाअम्बिकाप्रसाद घिमिरेले कास्य पदक जितेका छन् । प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक दिलाए । महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङ रजत, प्रदेश १ की शुशिला राई र गण्डकीकी अर्पण अधिकारीले कास्य पदक जितेका छन् ।

पुम्से एकल पुरुषमा लुम्बीनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुङ र प्रदेश १ का विवेक राईले रजतपदक जिते । पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, सेनाका दिपेन्द्र गुरुङ र प्रशन्ना क्षेत्रीले रजत, गण्डकीका आयुश गुरुङ र अर्पणा अधिकारी तथा प्रदेश १ का विवेक राई र सुविक्षा राईले कास्य पदक जिते ।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर बोट र कमल श्रेष्ठले स्वर्ण, सेनाका दिपेन्द्र गुरुङ, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा शसस्त्रका सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहालले कास्यपदक जिते ।

टिम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुङ, प्रशन्ना क्षेत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सिता तामाङ, मोनिका रम्तेलले रजत, शसस्त्रका मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश १ कामनिषा विश्वकर्मा, शान्ति राई र शुशिला राईले कास्यपदक हात पारे ।

गेरोगीतर्फ महिलाको ५३ केजी तौल समूहमा सेनाकी गिता कडायतले स्वर्ण, शसस्त्रकी अस्मिता खड्काले रजत, नेपाल प्रहरीका आयुषलामा र लुम्बीनीका निमा मल्लले कास्य पदक जिते । पुरुष ५८ केजीतौल समुहमा मधेश प्रदेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवास चन्द्र बोहोराले रजत, सेनाका लोकबहादुर राउत र बागमतीका रमेश केसीले कास्यपदक जितेका छन् । सेनाकी कडायतलाई ओलम्बियन दिपक विष्टले आठौ प्रतियोगितापछि काठमाडौमा लगेर संरक्षण दिएका थिए । निशा दर्नाल र कमल श्रेष्ठले पुलिसलाई ४ स्वर्ण दिलाउन योगदान गरे ।

राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको २२ वटा इभेन्टका खेल हुने प्रतियोगिता कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ् । सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कर्ण प्रधानले बताए । स्वर्ण र कास्य २२/२२ तथा ४४ वटा रजतपदकका लागि प्रतिस्पर्धा हुनेछ् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?