नेप्से सूचकसँगै कारोबार रकम पनि घट्यो

Read Time = 1 min

काठमाडौं । शेयर बजार सोमबार सुस्त बनेको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि घटेको छ ।

सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा बन्द भएको छ । ५१ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सोमबार २१९ कम्पनीको १६ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । सूचीकृत आधा समूहको सूचक घटेको छ भने आधाको बढेको छ । होटल समूह ०.४१ प्रतिशत बढेको छ । बैंकिङ समूहको सूचकमा सोमबार पनि सुधार भएको छ ।

दुई करोड ७९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । विगत केही दिनदेखि कारोबार रकममा नबिल बैंक शीर्ष स्थानमा रहँदै आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र रिडी हाइड्रोपावर परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?