काठमाडौं । नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको छ । भद्रकाली नजिकै सभागृह मोडमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको हो ।
बिहीबार राति साढे ७ बजे काठमाडौं महानगरपालिका-२८ स्थित भद्रकाली नजिकै सभागृह मोडमा सेनाको प्र.-३-०१-००१ग ३७०५ नम्बरको ७.५ ट्रकले दिँदा एक महिलाको मृत्यु भएको हो ।
सेनाका हुद्दा महोमद नुरेन देवानले चलाएको ट्रकले बा.प्र -०२-०१८ प ९२७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा ताहाचल बस्ने ३२ वर्षीया आकृति शर्माको मृत्यु भएको हो ।
ठक्करबाट घाइते भएपछि उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । बिहीबार राति ट्रकले ठक्कर दिएको थियो भने उनको मृत्यु पनि बिहीबार राति नै उपचारका क्रममा भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच