नेपालमा थपिए ४६ कोरोना संक्रमित

Read Time = 1 min

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दुई हजार दुई सय ८७ नमूना परीक्षण ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १७ जना कोरोना मुक्त भएका छन् । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात सय ११ जना रहेको छ ।

आज २३ हजार नौ सय ७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?