सोमपालले क्यानडाको लिग खेल्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालका तीव्र गतिका बलर सोमपाल कामीले क्यानडा क्रिकेट बोर्डले आयोजना गर्ने फ्लावर सिटी टी-२० प्रिमियर लिग ट्रफी क्रिकेट खेल्नुहुने भएको छ । क्यानडा क्रिकेट बोर्डले सोमपालले ओटावा फाल्कोन्स टोलीबाट उक्त प्रतियोगिता खेल्ने जनाएको हो ।

सोमपाल रहेको टोलीमा चाडविक वाल्टन आइकोन खेलाडी हुनुहुन्छ । सोमपाल र चाडविकले केही महिनाअघि नेपाल टी २० लिग जनकपुर रोयल्सबाट सँगै खेल्नुभएको थियो ।

प्रतियोगितामा ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता आगामी जुन ९ देखि १९ सम्म चल्नेछ । सोमपालले खेल्ने यो तेस्रो विदेशी लिग हुनेछ । सोमपालले क्यानडामा नै २०१९ मा भएको ग्लोबल टी-ट्वान्टी विनिपेग हक्सबाट खेल्दै च्याम्पियन बन्नुभएको थियो ।

सोमपाल नेपालका प्रमुख तीव्र गतिका बलर हुनुहुन्छ । सोमपालले नेपालबाट ४१ ओडिआई खेलमा ५८ विकेट र ४२ टी-२० आई खेलमा ३८ विकेट लिनुभएको छ । सोमपाल नेपालबाट ओडिआईमा पाँच विकेट लिने पहिलो खेलाडीसमेत हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?