काव्यकृति ‘आफैंलाई खोज्न मन छ’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काव्यकृति ‘आफैंलाई खोज्न मन छ’ लोकार्पण गरिएको छ । कवि सागर फुयाँलको कविता तथा गीतहरू समावेश काव्यकृति ‘आफैंलाई खोज्न मन छ’ काठमाडौंमा एक समारोहबीच अग्रज साहित्यिक पत्रकारहरू नगेन्द्रराज शर्मा, रोचक घिमिरेलगायतले लोकार्पण गर्नुभएको हो ।

नेपाल स्रष्टा समाजको आयोजना गरिएको अनौपचारिक कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कृतिकार फुयालको काव्यकारिताको चर्चा गर्नुभएको थियो । साहित्यकार राधेश्याम लेकालीले कवि फुयाँलले एउटै कृतिमा भन्दा गीतको बेग्लै र कविताको बेग्लै कृति ल्याएको भए राम्रो हुने सुझाब दिनुभएको थियो ।

गायक शिव परियारले गीतसंगीतका क्षेत्रमा शब्द रचनाको महत्वपूर्ण भूमिका हुने बताउँदै शब्द रचनाको भाव र मर्मले नै श्रोतालाई छुने धारणा राख्नुभयो । कार्यक्रममा सागरको शब्द रचना तथा शिव परियारको स्वर तथा संगीत रहेको गीतको भिडियो पनि प्रस्तुत गरिएको थियो । अग्रज साहित्यक पत्रकारद्वय शर्मा र घिमिरेले स्रष्टा फुयाँललाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

फुयाँलले आफ्ना केही कविताहरू वाचन गर्दै साहित्यप्रति रुचि राख्ने सहकर्मी साथीहरूले आफ्नो लेखनीमा ऊर्जा दिएको सुनाउनुभयो । सो अवसरमा पवन आलोक, किशोर पहाडी, धीरकुमार श्रेष्ठलगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?