राउण्ड टेबलको सम्मान

Read Time = 2 mins

काठमाडौं । राउण्ड टेबल नेपालले शुक्रवार काठमाडौंमा एक सम्मान कार्यक्रम आयोजना गरेको छ । राउण्ड टेबल इन्टरनेसनलमा आफ्नो सम्मानजनक छवि बनाउन सफल व्यक्तित्वलाई राउण्ड टेबल नेपालले सम्मान गरेको हो । सम्मानित हुनेमा नेपाली नागरिकतर्फबाट पहिलोपटक राउण्ड टेबल इन्टरनेसनलका अध्यक्ष बन्न सफल जयन्त अग्रवाल, राउण्ड टेबल इन्टरनेसनलका एसिया प्यासिफिक अध्यक्ष सौरभ केडिया, राउण्ड टेबल इन्टरनेसनलका कन्टेन्ट क्रिएटर तथा बोर्ड असिस्टेन्ट विमल सिद्धार्थवेद हुनुहुन्छ । सम्मानित व्यक्तित्वलाई राउण्ड टेबल नेपालका अध्यक्ष राहुल अग्रवालले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

सो अवसरमा पूर्वसांसद विमल केडिया, एनएफटिएका अध्यक्ष विनोद सेठिया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारका, रोटरी क्लबका डिस्ट्रिक गभर्नर जितेन्द्र राजभण्डारी, लाइन्स क्लब काउन्सिलका अध्यक्ष केशव पाण्डे, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, ४१ क्लब अफ नेपालका अध्यक्ष मनोज दास, लेडिज सर्कल नेपालकी अध्यक्ष मानषी अग्रवाललगायतको उपस्थिति रहेको राउण्ड टेबलले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?