‘स्मार्ट सिद्धार्थनगर’को सुरुवात ‘सिद्धार्थ रिङरोड’ बनाएर गरिने : गृहमन्त्री खाँण

फाईल तस्बिर

Read Time = 9 mins

-चन्द्रकान्त खनाल
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले सिद्धार्थनगर (भैरहवा)को एकीकृत विकास जरुरी रहेको वताउनु भयो।उहाले अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएको सिद्धार्थनगरलाई व्यवस्थित, विकसित र स्मार्ट बनाउनु पर्नेमा जोड दिनु भयो ।

पाँच दली गठबन्धनका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले भैरहवामा आयोजित कार्यक्रममा बोल्दै ‘स्मार्ट सिद्धार्थनगर’को सुरुवात ‘सिद्धार्थ रिङरोड’ बनाएर गरिने वताउनु भयो ।

‘निर्वाचन सकिएलगत्तै सबै वडा, गाउँबस्तीलाई समेटेर सुरुमा रिङरोड निर्माणको काम अघि बढाइने छ’, उहाले भन्नु भयोे, ‘यसले सिद्धार्थनगरलाई विकसित सहरका रुपमा पहिचान दिनेछ ।’ निर्वाचन पछि रिङरोड बनाउन डीपीआर बनाउने र त्यसपछि निर्माणको काम सुरु गर्ने खाडको भनाई छ ।

विकसित देशहरुमा सहरको पहिचान रिङरोड पनि भएको जनाउँदै गृहमन्त्री खाँणले ती देशहरुका जस्तै भैरलाई पनि सफा, सुन्दर, व्यवस्थित र विकसित गर्ने आफ्नो र पाँच दलीय गठबन्धनको लक्ष्य रहेको वताउनु भयो।

उहाले रिङरोडले सहर र सहरभित्रैका बस्तीलाई जोड्दा स्थानीय उत्पादनको बजारीकरण, भित्री बस्तीहरुको सहरीकरण हुने र यसले सहरलाई थप उचाईमा पुर्याउने वताउनु भयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), नेपालकै दोस्रो ठूलो भन्सार नाका जस्ता कारण पनि रिङरोड आवश्यक भएको र स्मार्ट सिद्धार्थनगर जरुरी रहेको खाँणले प्रष्ट्याउनु भयो। ‘यहाँ धेरै स्वदेशी तथा विदेशी पाहुनाहरु आउनुहुन्छ, यहाँ आउनेले आहा, सिद्धार्थनगर भन्ने वातावरण सिर्जना गर्छौं, त्यसका लागि नगरपालिकालाई आवश्यक पर्ने बजेट प्रदेश र संघ सरकारको समन्वयमा उपलब्ध गराउन मैले पहल गर्छु । यहाँ हुने कुनै पनि काममा बजेट अभाव हुन दिँदैन ।’

भैरहवा आर्थिक मात्रै नभएर पर्यटनको प्रचूर सम्भावना बोकेको ठाउँ भएकाले यहाँको विकास जरुरी रहेको उहाको भनाई छ । ‘देशविदेशबाट आएका पर्यटकले सिद्धार्थनगरलाई साँच्चिकै गौतमबुद्धको सिद्धार्थनगर, एउटा नेपालको सुन्दर सहरका रुपमा प्राप्त गर्नसक्नुहुनेछ’, खाडले भन्नुभयोे, ‘यसका लागि हामीले हाम्रो सम्पूर्ण क्षमता, शक्ति र ताकतलाई प्रयोग गर्नेछौं ।

विकसित सिद्धार्थनगर बनाएर छाड्नेछौं ।’ गौतमबुद्ध विमानस्थललाई पूर्ण क्षमतामा चलाउन सरकार लागि परेको जनाउँदै उहाले विमानस्थल पूर्ण क्षमतामा चल्दा सबैभन्दा बढी लाभ भैरहवाबासीले पाउने भएकाले त्यहीअनुसार योजना बनाएर काम गर्न आफूले पहल गरिरहेको गृहमन्त्री खाँणले प्रष्ट पार्नु भयो ।

अर्को प्रशंगमा खाँणले रुपन्देहीको मोतीपुुरमा ‘स्मार्ट मोतीपुर’ औद्योगिक क्षेत्र स्थानीयकै सहमतीमा र कोही बिस्थापित हुन नपर्ने गरी निमार्ण हुने वताउनु भयो । स्थानीयको सहमती र सहभागिता बिना बन्ने बिकास निमार्ण दिर्घकालीन हुन नसक्ने भन्दै उहाले औद्योगिक क्षेत्र निमार्ण गर्दा पुुस्तौदेखि बसोबास गर्दै आएका स्थानीयहरु बिस्थापित पनि हुुन नपर्ने गरी काम अगाडि बढाइएको वताउनु भयो।

स्थानीयको रायसुुझाव र सहमती बेगर बिगतमा औद्यागिक क्षेत्र निमार्ण गर्न खोज्दा समस्या भएको उल्लेख गर्दै समस्या समाधानका लागि कार्यदल बनिसकेको र कार्यदलको सुुझाव अनुसार नै काम अगाडि बढ्ने वताउनु भयो ।

पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भए पनि स्थानीयको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो । यो समस्या समाधान गर्नका लागि गृहमन्त्री खाँणकै पहलमा बनेको कार्यदलले औद्योगिक क्षेत्रको जग्गा नापजाँच गरिसकेको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश सभा (क) का सत्ता गठबन्धनका उम्मेदवार सन्तोषकुमार पाण्डेयले विपक्षी गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार दीपक बोहरालाई पटक–पटक मन्त्री भएर भैरहवा र रुपन्देहीको बिकास गर्न नसकेको तर यसपटक अन्तिम पटक भन्दै के–का लागि भोट मागेको ? भन्दै प्रश्न गर्नु भयो ।

एउटा उमेर अवस्थामा आइसके पछि शरीरको चाहना अनुसार घरमै आराम गरेर बस्न पनि उहाले बोहरालाई सुुझाए् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता समेत रहेका पाण्डेयले बोहरा सत्ता र शक्तिमा हुँदा भैरहवामा कुनै ठूला आयोजना ल्याउन नसकेको भन्दै अन्तिम पटक भन्दै चुनाव लड्नुको सट्टा घरै आराम गरी तीर्थब्रत गर्न आग्रह गर्नु भयो।

‘निर्वाचन जित्ने युवा, सरकार बनाउन सक्ने, केन्द्रमा राम्रो पकट भएका, विकासका लागि स्पष्ट योजना र विकास प्रेमी नेताले हो’, उनले भने, ‘तपाईं (बोहरा)लाई निर्वाचन जिताएर जनताले के पाउने ? स्वास्थ्यमा समस्या आएको छ । यस्तो बेला बोल्नै सक्नुुभएको छैन ।

आफ्नो स्वास्थ्यका लागि पनि घरमै आराम गरेर बस्नुुहोस् ।’ नेता पाण्डेयले बोहरा पंचायतदेखि गणतन्त्रसम्म आउँदा नौ पटक मन्त्री भएको र त्यस बेला गर्न नसकेका काम अब गर्छुु भनेर जनताले पनि नपत्याउने उहाको दावी थियो ।

‘बोहराजीले अहिलेसम्म भैरहवाको विकासमा सम्झनलायक के काम गर्नुभयो ?’, उहाले भन्नुभयो ‘तपाईं हामीलाई थाहा नै छ, नौंपटकसम्म मन्त्री हुँदा उहाँले व्यक्तिगत स्वार्थबाहेक अरु केही हेर्नुभएको छैन, त्यसैले फेरि पनि उहाँलाई जिताउन आवश्यक नै छैन ।’

पाण्डेले प्रतिगमनलाई परास्त गर्न पनि यो निर्वाचनमा गठबन्धनले जित्नै पर्ने वताउनु भयो।गठबन्धनले जिते यस क्षेत्रको समग्र विकास हुने उहाले भन्नुभयो छ । पाँच दलीय गठबन्धनले बुधबार क्षेत्र नम्बर ३ अन्तर्गत सिद्धार्थनगरको वडा नम्बर २, ३ र ५ मा कार्यकर्ता भेला गरेको हो ।

कार्यकर्ता भेलामा बोल्ने उम्मेदवार तथा गठबन्धनका नेताहरुले यो निर्वाचन मुलुकलाई सही दिशामा लैजाने की प्रतिगमनतर्फ लैजाने भन्ने शक्तिहरुबीच भएकाले सही विवेकको प्रयोग गरी गठबन्धनलाई जिताउन आग्रह गर्नु भयो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?