काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध गैरकानूनी व्यापार व्यवसाय गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
सिटौलामाथि कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै निर्माण कम्पनीमा समेत काम गरेर व्यापार व्यवसाय गरेको तथा सूर्यविनायक-धुलिखेल-सिन्धुली-बर्दिवास सडक आयोजनाको ठेक्का लिएर प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी एक करोड ६१ लाख २० हजार ४०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
उनीविरुद्ध १ करोड ६१ लाख २० हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको आयोगका प्रवत्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
सिटौलाले हिदुङ एन्ड थोकर कम्पनीबाट रु ४५ लाख १७ हजार पाँच सय पारिश्रमिक लिएको तथा मुनाफाबाट रु एक करोड १६ लाख दुई हजार पाँच सय चार बराबरको भ्रष्टाचार गरेको पाइएको आयोगले बताएको छ ।
आयोगका अनुसार सिटौलाले कानूनी प्रावधान विपरीत नेपाल टेलिकमको स्वीकृतिविना निजी कम्पनीको शेयर खरिद गरी संस्थापक शेयरधनी बनी कम्पनीमा निर्देशकको हैसियतमा काम गर्दै आएका थिए ।
सिटौलाले उक्त कम्पनीमा काम गरेर पारिश्रमिकबापत रकम बुझेको तथा विभिन्न ठेक्का पट्टा समेतमा सामेल भई पारिश्रमिक तथा कम्पनीको रिजर्भमा रहेको मुनाफाबाट १ करोड १६ लाख आय प्राप्त गरेको भन्दै मुद्दा दायर भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच