एकीकृत समाजवादीको चुनावी कमाण्डरमा माधव नेपाल

Read Time = 2 mins

काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले नेपालको नेतृत्वमा २५ सय १ सदस्यीय समिति गठन गरेको हो ।

समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषदका पदाधिकारी एवं सदस्य र पार्टीका प्रदेश कमिटीका पदाधिकारी एवं जनवर्गीय संगठनका पदाधिकारी सदस्य रहेका छन् ।

बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा २२ सदस्यीय निर्वाचन परिचालन समितिको सचिवालयसमेत गठन गरेको छ । उक्त समितिको सदस्यमा डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, विश्वनाथ प्याकुरेल, सावित्रा भूसाल, प्रमोदराज शर्मा, प्रेमल खनाल, लक्ष्मण केसी, केदार सञ्जेल रहनुभएको छ।

यस्तै विष्णु लम्साल, धनप्रसाद गौतम, मोहन गौतम, रमेश रञ्जन झा, उदय श्रेष्ठ, खेमराज पौडेल, सीताराम नेपाल, द्रोणाचार्य क्षेत्री, विश्वमणि सुवेदी, प्रकाश खतिवडा, विशाल भण्डारी, सुदेश पराजुली र नितेश पौडेललाई समितिको सदस्यमा मनोनित गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?