कृत्रिम फूलमालाले झकिझकाउ बजार

Read Time = 2 mins

पाल्पा । पाल्पाको तानसेनस्थित तेस्रो सडकमा तिहारका लागि बेच्न राखिएको कृत्रिम फूूलका माला । तिहार नजिकिदै गर्दा तानसेनका बजार प्लाष्टिकका कृत्रिम फूूलमालाले झकिझकाउ भएका छन् । फूल बेच्ने पसलहरूमा जादा कृत्रिम फूलमालाले रंगिन बनेका देख्न सकिन्छ ।

तिहारमा सकभर मखमली र सयपत्री माला लगाइने मान्यता भएपनि फूल अभावसँगै कृतिम मालाले बजार लिएका हुन् । प्लाष्टिकबाट बनेका माला धेरै समयसम्म टिक्ने झट्ट हेर्दा आर्कषक देखिने भएकाले पनि पछिल्लो समय कृत्रिम फूलको प्रयोग गर्नेको सख्या बढेको छ । नझर्ने, नओइलाउने, नसुक्ने भएकाले कृत्रिम फूूलका मालातर्फ सबैको आकर्षण बढेको छ ।

आर्थिक हिसाबले पनि सस्तो पर्ने भएकाले कृत्रिम फूलमाला तिर आकर्षण बढेको पाइन्छ । प्राकृतिक फूल बिग्रिने र व्यापारमा घाटा लाग्ने भएकाले कृत्रिम फूलमाला बेच्नुपरे तानसेनका व्यपारीहरु बताउँछन् ।
तस्वीर : रामचन्द्र रायमाझी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?