विश्वविद्यालयमा नबिलको २६६ औँ शाखा

हिमालय टाइम्स
Read Time = 2 mins

मोरङ । नबिल बैंक लिमिटेडको २६६औँ शाखा मोरङ जिल्लाको सुन्दर हरैँचा नगरपालिका गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा स्थापना गरिएको छ । बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिसाथ गोठगाउँमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

शाखा उद्घाटन पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, नबिल बैंकका सञ्चालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्तरूपमा गरेका थिए । सो अवसरमा विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङका सभापति राकेश सुराना, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायतको उपस्थिति रहेको थियो ।

नबिल बैंकका सञ्चालक पौड्यालले पूर्वाञ्चल विश्वविद्यालय, गोठगाउँ क्षेत्रमा सहज वित्तीय पहुँच दिने र गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले शाखा विस्तार गरिएको बताउनुभयो । कोइरालाले स्थानीयस्तरमा वित्तीय पहुँच र आर्थिक उपार्जनका क्रियाकलापका लागि बैंकको उपस्थिति अर्थपूर्ण रहने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले विश्वविद्यालय, गोठगाउँमा बैंकको व्यवसाय विस्तारमात्रै नभई समुदायस्तरमा काम गर्ने ध्येय रहेको बताउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?