स्वराज ट्र्याक्टर सर्भिस क्याम्प

Read Time = 1 min

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादक नेपाल ल्युब आयलले ‘स्वराज ट्र्याक्टर सर्भिस क्याम्प’ आयोजना गरेको छ । नेपाल ल्युब आयल र नेपाल ल्युब आयलको आधिकारिक ओइएम सेल्स पार्टनर राजेश ट्रेडर्स एण्ड सप्लायर्सको संयुक्त आयोजनामा पुस ९ देखि १३ सम्म क्याम्प सञ्चालन भएको थियो ।

राजविराज, बरियारपट्टी, सिरहा र कल्याणपुरमा आयोजित क्याम्पमा स्वराज ट्र्याक्टरधनी तथा सवारी चालकको स्वास्थ्य अवस्थालाई पनि प्राथमिकता दिई निःशुल्क चेकअप गरिनुका साथै उपहारस्वरूप गल्फको टि-सर्ट, कि-रिङ र डटपेन प्रदान गरिएको आयोजकले जनाएको छ । क्याम्पमा ट्र्याक्टरधनी र चालक गरी एक सय ७० भन्दा बढीको सहभागिता रहेको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?