याक चौँरी व्यवसायलाई पर्यटनसँगै जोड्नु पर्छ : प्रदेशसभा सदस्य बान्तवा

हिमालय टाइम्स
Read Time = 2 mins

भोजपुर । प्रदेशसभा सदस्य विनोद बान्तवाले याक चौँरी व्यवसायलाई पर्यटनसँगै जोडेर आयश्रोतका रुपमा विकास गर्न जरुरी रहेको बताउनु भएको छ ।

‘हिमालको गहना याक चौँरी संरक्षण हाम्रो चाहना’ भन्ने मूल नाराका साथ पर्यटकीयस्थल भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ४ चखेवामा भएको याक चौंरी कृषक महासंघ नेपालको प्रथम प्रदेश अधिवेशनको उद्धघाटन गर्नु हुँदै उहाँले चौँरीको संरक्षण तथा देखिएका समस्या समाधानका लागि आफुले पनि पहल कदमी गर्ने बताउनुभयो । उहाँले चौंरी ब्यवसायलाई कृषि पर्यटनसँग जोडेर अगाडी बढ्न जरुरी रहेको बताउनुभयो ।

चौँरीको संरक्षणमा महासंघले थालेको कार्य प्रशंसायोग्य देखिएको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले बताउनुभयो । महासंघका केन्द्रीय महासचिव पावीहाङ राईले याक चौँरीको संरक्षणसँगै यसको व्यवसायीकरणका लागि कृषकलाई एकजुट गर्न महासंघ गठन भएको बताउनुभयो । उहाँले महासंघले याक चौंरीको संरक्षणका लागि देखिएका समस्या समाधानमा समेत पहल गर्ने बताउनुभयो । यससँगै बिभिन्न २८ जिल्लामा समिति विस्तारको काम भईरहेको उहाँले जानकारी दिनुभयो ।

सोक्रममा महासंघका केन्द्रीय सचिव तथा अधिवेशन संयोजक चन्द्र नेपालले चौंरीको संरक्षणसहित कृषकका समस्या समाधानमा राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “याक चौँरीपालन व्यवसाय लोप हुने अवस्था पुगेकाले यसको संरक्षणका लागि हामी जुटेका छौ ।”

अधिवेशनबाट प्रदेश समिति गठन हुनेछ ।

 

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?