भोजपुरमा अल्पसंख्यकसँग प्रहरी कार्यक्रम

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अल्पसंख्यकसँग प्रहरी कार्यक्रम संचालन गरेको छ । भोजपुर नगरपालिका वडा नम्वर १२, कोटडाँडा प्रहरीले स्थानीयको सहभागितामा कार्यक्रम गरेको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईसहितको प्रहरी टोलीले अल्पसंख्यक समुदायले भोग्नुपरेका समस्या, गुनासाका सम्बन्धमा सहभागिहरुसँग अन्तक्रिया गरेको थियो । सोहीक्रमममा सहभागिहरुलाई प्रहरी सेवा र कानुनी व्यवस्थाका बारेमा सहजीकरण समेत गरिएको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो ।

कार्यक्रममा स्थानीय, शिक्षक, स्थानिय जनप्रतिनिधि, बुद्धिजिवी, जेष्ठ नागरिकको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?