इन्दिरा र सागरको लक्ष्मी मन्त्रसहितको लक्ष्मी भजन सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । नेपालीहरूको दोस्रो महान् चार्ड तिहार नजिकै आएको छ । तिहारलाई विशेष गरेर फूलमालाको पर्वको रुपमा पनि चिन्ने गरिन्छ । विशेष गरेर लक्ष्मीको पूजा तथा दिदीबहिनीको हातमा टीका ग्रहण साथै देउसी भैली खेल्नु तिहारका विशेषता हुन् । तिहारमा झिलीमिली बत्ती बालेर लक्ष्मीको पूजा गरे लक्ष्मीको कृपा प्राप्त हुने किंवदन्दी चली आएको छ ।

तिहारमा यससम्बन्धी गीत संगीतले पनि चर्चा पाउने गर्दछन् । यसै अवसरमा गायिका इन्दिरा भट्टराईले लक्ष्मी भजन श्रोता÷दर्शकमाझ ल्याउनुभएको छ । सागर अधिकारीको शब्द संगीत रहेको उक्त भजन हर्ट अफ हिमालय म्युजिक एण्ड ट्रेजरले बजारमा ल्याएको हो । भजनको भिडियोमा आर्यन विमलीले छायांकन छ भने सञ्चारकर्मी कमल फुँयालको निर्देशन तथा सम्पादन छ ।

भिडियोमा ग्रेसियन सापकोटालाई लक्ष्मीको अवतारमा देखाउन खोजिएको छ । साथमा गणेश सापकोटा, सपना गिरी, सरिता बस्नेत लगायतको अभिनय देख्न सकिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?