बस दुर्घटनामा २३ जना घाइते

हिमालय टाइम्स
Read Time = 2 mins

कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।

घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएकाे र ती मध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएकाे जनाइएको छ । बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पाठकले बताउनुभयो ।

उहाँकाअनुसार घाइते सुर्खेत वीरेन्द्रनगर-१२ का प्रकाश सुनार, कैलालीको कैलाली गाउँपालिका-९ का श्याम चौधरी, कन्चनपुर बेलौरी नगरपालिका-२ का वीरेन्द्र नेपाली, कैलाली धनगढी उपमहानगरपालिका-१३ का सन्तोष भट्ट र निर्मला जोशीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको हो । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?