केपी ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न सकेनन्: अध्यक्ष माधवकुमार नेपाल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रोश व्यक्त गर्नुभएकाे छ ।

बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष ओली बयलगाडा प्रवृत्तिबाट माथि उठ्न नसकेको टिप्पणी गर्नुभएकाे हाे ।

संविधान र राज्यभन्दा माथि आफूलाई ठान्ने ओलीमा हिटलर प्रवृत्ति देखापरेको आरोप लगाउँदै उहाँले केही समयमा हिटलरशैलीमै ओलीको अहंकार आफैं समाप्त हुुने बताउनुभयाे ।

सत्तारुढ गठबन्धनका उम्मेदवारलाई आगामी ४ मंसिरमा हुने निर्वाचनमा निर्वाचित गर्न नसके प्रतिगमनकारीको मनोबल बढ्ने अध्यक्ष नेपालको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?