जुम्लामा राति ८ बजेपछि देउसीभैलो खेल्न नपाईने

Read Time = 2 mins

-विजय रावत

जुम्ला । जुम्लामा राती ८ बजेपछि देउसीभैलो खेल्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले सोमबार सार्वजनिक सुचना जारी गर्दे शान्ति सुरक्षालाई मजबुद बनाउनका लागि जिल्लामा राती ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न प्रशासनले अनुरोध गरेको छ ।

राती ८ बजेपछि देउसी भैलो लगायत कुनै पनि सांस्कृतिक कार्यक्रम नगर्न जिल्लाबासीमा अपिल गरिएको छ । राती ८ बजेपछि देउसीभैलो नलेख्न,होहल्ला नगर्न,जाड रक्सी नखान,जुवा ताज नखेल्न,रंग मिसाएको खाद्य पदार्थ नबेच्न र पट्का विष्फोटक पदार्थ विक्री नगर्न आम उपभोक्ता,व्यापारी सर्वधारणलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जानकारी दिनुभयो । सूचनाको अटेर गरी गतिविधि गर्ने जोसुकै व्यक्ति समुहलाई प्रचलित कानुन बमोजिम कारबाहि समेत गरिने भएको छ ।

प्रशासनले दिपावलीको समयमा दियो,मैनबत्ती लगायत विद्युतीय उपकरणको प्रयोग गर्दा विपदजन्य घटना घट्न सक्ने भएकोले विशेष ख्याल पुराउन समेत अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

Capture

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?