टी-२० विश्वकप क्रिकेट : अस्ट्रेलिया र श्रीलंकाबीचको खेल आज

हिमालय टाइम्स
Read Time = 1 min

पर्थ । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी ट्वान्टी विश्वकपमा आज (मंगलबार) एक खेल मात्र हुनेछ । पर्थमा हुने महत्वपुर्ण खेलमा आयोजक अष्ट्रेलया तथा श्रीलंका खेल्दैछन् ।

दुई टोलीबीचको खेल नेपाली समय अनुसार अपरान्ह पौने ५ बजे सुरु हुनेछ ।

दुई टिमबीचको पछिल्ला पाँच टी ट्वान्टी खेलमा अष्ट्रेलिया तीन खेलमा विजयी बनेको छ भने दुई खेलमा श्रीलंकाले जित निकालेको छ ।

समूह दुईका दुई टोलीबीचको खेललाई महत्वपुर्ण रुपमा हेरिएको छ । साविकको बिजेता अष्ट्रेलियालाई सेमिफाईनल सम्भावना जिवित राख्नका लागि आजको खेल जित्नै पर्ने छ । श्रीलंका पनि उच्च लयमा रहेको छ । श्रीलंका पनि आजको खेल जितेर सेमिपलाईनल सम्भावना मजबुत बनाउन चाहान्छ ।

विश्वकप क्रिकेटमा १६ देश सहभागी रहेकोमा पहिलो चरणबाट चार टोली बाहिरिसकेका छन् ।

प्रतियोगिताको फाइनल खेल नोभेम्बर १३ मा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?