काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित छैटौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय मेला सम्पन्न भएको छ । मिडिया स्पेस सोलुसन्स र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डियाले संयुक्तरूपमा गत शुक्रबारदेखि आयोजना गरेको मेला आइतबार सकिएको हो । मेलामा नेपाल, भारत, चीन, जर्मनी, टर्की र जापानका कम्पनीले भाग लिएका थिए । नेपालको पहाडी भूभागका लागि उपयुक्त हुने जापानी प्रविधिको मोनोरेलदेखि अन्य कृषि प्रविधिको प्रदर्शनी गरिएको थियो ।
मेलाका संयोजक सिर्जल भट्टराईले विगतका मेलाभन्दा छैटौँ मेला राम्रो भएको दाबी गर्नुभएको छ । मेला २५ हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा भए पनि करिब २८ हजारले मेलाको अवलोकन गरेको उहाँले बताउनुभयो । छैटौँ नेपाल एग्रिटेकमा सहभागी कोल्ड स्टोर उद्योग नेपकुल इण्ड्रष्ट्रिज प्रालि सञ्चालक फेकन महतोले कृषिलाई सुधार गर्न नेपालमा बनेका कृषि प्रविधिबारेमा जानकारी दिन जरुरी रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच