पहिरो पिडितले पाए नयाँ घर

हिमालय टाइम्स
Read Time = 2 mins

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-३ अर्खले गाउँका पहिरोपीडितले नयाँ घर पाएका छन् ।

दुई वर्षदेखि विस्थापित यहाँका १८ घरपरिवार कोही आफन्तको सहारा र कोही त्रिपालमुनि कष्टकर जीवन बिताउँदै आएका थिए । उनीहरूका लागि अर्खलेबेँसी र मर्स्याङ्दी-६ लाम्पाटा बगरमा घर निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँका १८ परिवारलाई स्थानान्तरणका लागि घर निर्माण गरिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिनुभयाे ।

पीडितका लागि लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा ६ तथा बाहुनडाँडामा एक घर निर्माण गरिएको छ ।

०७७ सालमा अर्खले गाउँमा पहिरो आएपछि सिंगो गाउँ नै विस्थापित भएको थियो। घर नहुँदा कष्टकर जीवन बिताउँदै आएका उनीहरू यसपालिको तिहार नयाँ घरमा मनाउन पाउने भएपछि हर्षित छन् ।

गाउँपालिकाका अनुसार यसमा संघ सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट रहेको छ । उक्त रकममध्ये जग्गा खरिदका लागि तीन लाख र घर बनाउन साढे चार लाख बजेट छुट्याइएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?