कंगोमा भागदौड हुँदा ११ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

किन्सासा । दक्षिण कोरियामा भागदौडमा १५० भन्दा बढी मानिसको मृत्युका कारण विश्व समुदाय स्तब्ध भइरहेका बेला यस्तै घटना प्रजातान्त्रिक गणतन्त्र कंगोमा दोहोरिएको छ ।

राजधानी सहर किन्सासाको एउटा रंगशालामा भएको एउटा कन्सर्टमा भागदौड हुँदा २ प्रहरी अधिकारीसहित ११ जनाको मृत्यु भएको छ । ८० हजार दर्शक क्षमता भएको शहिद रंगशालामा उक्त घटना भएको गृहमन्त्री डेनियल एस्लो ओकिटोले बताए ।

‘दुुई प्रहरीसहित ११ जनाको मृत्यु भएको छ’, गृहमन्त्री ओकिटोले भने । क्षमताभन्दा बढी दशर्कका कारण उक्त दुुर्घटना भएको जनाइएको छ ।

‘आयोजकहरुले क्षमताभन्दा शतप्रतिशत दर्शक राखेको पाइएको छ । उनीहरुलाई सजाय दिनुुपर्छ’, ओकिटोले भने ।

अक्टोबरमा रंगशालामा भागदौड भएको यो दोस्रो घटना हो । यसै महिनाको सुुरुमा इन्डोनेसियाको जाभा प्रान्तमा भागदौड हुँदा १२५ जनाको मृत्यु हुनुका साथै केही घाइते भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?