रुपन्देहीमा कारले ठक्कर दिदा एक शिशुसहित ३ जनाको मृत्य

हिमालय टाइम्स
Read Time = 2 mins

-चन्द्रकान्त खनाल

रुपन्देही । भैरहवाबाट परासीतर्फ जादै गरेको कारले स्थानीयलाई ठक्कर दिदा एक शिशुसहित ३ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको ओमसतिया-४ पननीमा विहान भएको दुर्घटनामा अन्य २ जना घाइते भएका छन । छठ घाट जाने क्रममा स्थानीयलाई भैरहवातर्फबाट गएको गाडीले ठक्कर दिएको थियो, ठक्कर दिए पछि गाडीसहित फरार भएको चालकअझै पक्राउ हुन सकेको छैन । मृतक र घाइते एकै गाँउको रहेको रुपन्देही प्रहरीले जनाएकोे छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीकाअनुसार मृतकहरु ओमसतिया-४ पननीकै वर्ष १४ की सिमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु रहेको छन । त्यस्तै शिशुकी आमा २४ वर्षिय बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षिय मन्जु कुर्मी घाइते भएका छन । घाइतेको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

ठक्कर पछि फरार भएको गाडी प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ भने सडकमा भएका सिसिटिभीहरुकाे भिडियो क्लीपले गाडीको पहिचान भइरहेको छ । स्थानीयकाअनुसार तिव्र गतिमा आएको कारले घटना गराएको हो, हामीले रोक्न खोज्दा पनि पूर्व तर्फ भागेको उनीहरुको भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?