ओलम्पियन संगीनालाई दुबईमा सम्मान

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ओलम्पियन तेक्वान्दो खेलाडी संगीना वैद्यलाई दुबईमा सम्मान गरिएको छ । दुबईस्थित नुवाकोट सेवा समाज युएईले उहाँलाई सम्मान गरेको हो । ओलम्पिकमा छनोट चरण पार गर्दै ओलम्पिकमा सहभागी हुन सफल पहिलो खेलाडी तथा दक्षिण एसियाली खेलकुदमा लगातार दुईपटक स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी संगीनालाई नुवाकोटको गरिमा बढाउन सफल भएकोमा सम्मान गरेको हो ।

संगीनालाई सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको थियो । परदेशमा आफ्नै गाउँठाउँका मानिसहरूबाट सम्मान हुन पाउँदा खुसी महसुस भएको संगीनाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?