अभिनेत्री सोनाली चक्रवर्तीको निधन

Read Time = 1 min

कोलकोता । बंगाली अभिनेत्री सोनाली चक्रवर्तीको निधन भएको छ । उहाँको सोमबार अर्थात् ३१ अक्टोबर बिहान निधन भएको हो । कोलकाताको एक अस्पतालमा ५९ वर्षको उमेरमा सोनालीको निधन भएको हो ।

उहाँको अन्तिम संस्कार केभाडा तालाको शवदाह गृहमा गरिएको छ । उहाँ कलेजोको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो र त्यही कारण उहाँको निधन भएको हो ।

सोनाली बंगालकी चर्चित अभिनेत्री हुनुहुन्छ । आफ्नो लामो करियरमा उहाँले धेरै टिभी सिरियल र चलचित्रमा काम गर्नुभएको थियो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?