प्रमुख निर्वाचन आयुक्त थपलिया र जापानी राजदूत युताकाबीच भेटवार्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि जापानी राजदूत युताका किकुताले भेटवार्ता गर्नुभएकाे छ ।

निर्वाचन आयोगमा बुधबार भएको उक्त शिष्टाचार भेटमा नेपाल र जापानको निर्वाचन प्रणाली, दुई देशको निर्वाचनसम्बन्धी अनुभव आदानप्रदान र सहकार्य सम्बन्धमा छलफल भएको छ ।

प्रमुख निर्वाचन आयुक्तले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गर्नसमेत राजदूतलाई आग्रह गर्नुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?