काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरूले ३० वर्षमा गर्न नसकेको काम एमालेले तीन वर्षमा गरेको बताउनुभएको छ । नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्र-१ ले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भूकम्पपछिको पुनर्निर्माणको काम एमाले सरकारले सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो । निजी आवास, विद्यालय सार्वजनिक भवन, पुरातात्विक महत्वका स्थान लगायतको निर्माण एमाले सरकारले सफलताका साथ सम्पन्न गरेको जिकिर गर्नुभयो ।
एमाले सरकारले तुइन युगको अन्त्य गरी नेपाललाई नयाँ युगमा प्रवेश गराएको उहाँले बताउनुभयो । प्रतिदिन पाँच किलोमिटर बढी पक्की सडक एमालेको पालामा बनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘३० वर्षमा अरूले गर्न नसकेको काम तीन वर्षको अवधिमा भयो ।’
हुलाकी मार्ग, मदन भण्डारी मार्ग पूर्व पश्चिम मार्ग लगायतका कैयौँ सडकका काम एमाले सरकारको पालामा भएका उहाँले बताउनुभयो । अन्तरिक्षमा आफ्नो स्थानसमेत एमालेले सुरक्षित गराएको ओलीले प्रष्ट पार्नुभयो । एमालेले देशलाई सुरुङ युगमा प्रवेश गराएको उहाँले दाबी गर्नुभयो । देशका ३८ वटाभन्दा बढी उद्योग बेचेर खाइसकेको अवस्थामा एमालेले सातवटै प्रदेशमा ठूला ठूला उद्योग स्थापनाको तयारी गरेको उहाँले जानकारी दिनुभयो । देशभरि अप्टिकल फाइबर बिछ्याउने काम, विद्युत्को ट्रान्समिसन लाइन लगायतका धेरै काम एमालेले गरेको उहाँले जानकारी दिनुभयो । बन्द भएको जनकपुरको रेल एमालेकै पालामा चलाएको ओलीले बताउनुभयो ।
आगामी निर्वाचनमा एमालेलाई देशको राष्ट्रिय शक्ति नबनाए देशले दुर्भाग्य खेप्नुपर्ने उल्लेख गर्दै ओलीले अहिलेको सत्ता गबठन्धनले नै पुनः देशको नेतृत्व गरेको खण्डमा देशको विकास सम्भव नरहेको जिकिर गर्नुभयो । ‘यसपल्ट नेकपा एमालेबाहेक अर्को त्यस्तो राष्ट्रिय शक्ति छैन । त्यो राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी छ । देशका लागि राष्ट्रिय शक्ति निर्माण गर्न एकदमै जरुरी छ । अहिले राष्ट्रिय शक्ति बनाइएन भने, एकल बहुमत आएन भने देश दुर्भाग्यमा जानेछ । दुर्भाग्य भोग्नुपर्छ । फेरि कथम कदाचित यिनै मान्छेहरू, यिनीहरू अहिले जनताले छानेका होइनन्, संसद्ले छानेको होइन, यी परमादेश लिएर जाली किर्ते ढंगले, मुद्दा सबैभन्दा बढी जाली,किर्तेहरूले जित्ने हो नि । यी त जाली किर्ते हुन्’, ओलीले भन्नुभयो ।
ओलीले राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलप्रति पनि कटाक्ष गर्नुभयो । ‘एउटा पार्टी छ मोहनविक्रमजीको । हामीले भोट खसाएर कान्छी भाउजूलाई संसद्लाई ल्याइदियौँ, भरे त भष्मासुर भएर हाम्रै टाउकोमा हात राख्दै एमालेको सरकार ढाल्न च्याँखे खेलिन्,’ ओलीले भन्नुभयो । राजनीतिलाई सुदृढ बनाउनका निम्ति च्याँखे प्रवृत्ति निरुत्साहित गर्नुपर्ने ओलीले बताउनुभयो । ‘च्याँखे प्रवृत्ति निकै खराब हुन्छ । राजनीतिलाई सुदढ बनाउनका निम्ति एकसिटे र च्याँखे प्रवृत्तिलाई हटाउनुपर्छ,’ ओलीले भन्नुभयो ।
उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति पनि व्यंग्यात्मक टिप्पणी गर्नुभयो । ‘अस्ति सुन्नुभयो नि एकजना नेताले हामी तेस्रो तर निर्णायक शक्ति हुन्छौँ भनेको । यो भनेको बीचमा उभिने डाँक बढाबढ गर्ने भनेको हो,’ उहाँले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच