काम गरेको ज्याला नपाएको भन्दै विद्यालयमा तालाबन्दी

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीको एक विद्यालयमा तालाबन्दी गरिएको छ । विद्यालय भवन निर्माणको काम गरेको ज्याला नपाएको भन्दै जिल्लाको पुर्चाैडी नगरपालिका-५ मा रहेको दीपज्योती आधारभुत विद्यालयमा तालाबन्दी गरिएको हो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई कोठे भवन निर्माणका क्रममा काम गरेका कामदारहरुले ज्याला नपाएपछि कामदारहरुले विद्यालयको कार्यालयमा तालबन्दी गरेका प्रधानाध्यापक तुलाधार पन्तले बताउनुभयो । दशैँ तिहारको बिदापछि सोमबारदेखि विद्यालय खुलेको भएपनि तालाबन्दी गरिएपछि पठनपाठन समेत ठप्प रहेको छ ।

काम गरेको पैसा नदिएपछि तालाबन्दी गरिएको कामदार लक्ष्मण बोहराले जानकारी दिनुभयो । दशै तिहारको समयमा ज्याल दिन भनेपनि नदिएपछि बाध्य भएर तालाबन्दी गरिएको अर्का कामदार जैभान बोहराले बताउनुभयो ।

गत आर्थिक वर्ष २०७८/०७९ मा भवन निर्माणका लागि १८ लाखबजेट आएको थियो । त्यसबाट स्थानीय फगने बोहराले १५ लाख ५० हजारमा कामको जिम्मेवारी पाएका थिए । निर्माणको अन्तिम चरणमा रहेको अवस्थामा कामदारहरुले ज्याला दिनुपर्ने भन्दै तालाबन्दी गरेका हुन् ।

बजेट अभावमा कामदारहरुको ज्याला दिन नसकेको निर्माणको जिम्मेवारी पाएका फगने बोहराले बताउनुुभयो । ‘१८ लाख बजेट आएकोमा १५ लाख ५० हजार मात्रै हजार मात्रै पाइने भनियो ’ उहाँले भन्नुभयो ‘मेरो खर्च १७ लाख ७१ हजार आएको छ, अब मैले कहाँबाट दिने ?’

आफुले १३ लाख ४० हजार रुपैया मात्रै पाएको बोहराको भनाई छ । बोहराका अनुसार कामदारहरुको २ लाख भन्दा बढी रकम दिन बाकी रहेको छ । विद्यालयको खाता समेत बन्द रहेको विद्यालयका प्रधानाध्यापक पन्तले बताएका छन् । यस विषयमा छलफल गर्नको लागि बिहिबार विव्यस बैठक बोलाउन तयारी थालिएको विद्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?