ललिता निवासका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको सात दिने अल्टिमेटम

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास परिसर भित्रका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।

महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा ललिता निवास पुगेको महानगर प्रहरीले त्यहाँभित्र रहेको संरचना हटाउन सात दिने अल्टिमेटम दिएको हो ।

सात दिनको समय दिँदै सूचना टाँसेको काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताउनु भयो । सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी पालिकाको भएकाले महानगरको निर्देशन अनुसार जग्गा भित्र रहेका संरचना हटाउन निर्देशन दिएको र अटेर गरे महानगर प्रहरीले हटाउने उहाँले बताउनु भयो। ललिता निवास क्षेत्रलाई घेराबारका लागि पनि महानगरको प्राविधिक टोलीले तयारी गरिरहेको उहाँले बताउनु भयो ।

ललिता निवासको जग्गामा अहिले झण्डै २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?