बागलुङमा मोटर साइकल दुर्घटना हुँदा दुई जना घाइते

Read Time = 1 min

-डम्मर बुढा मगर
बागलुङ । बागलुङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

बागलुङ नगरपालिका–१ माझीबस्ती जनिकै मालढुङ्गादेखि आउँदै गरेको ध २ प ३३२ नम्बरको मोटरसाइकल र बागलुङ बजारदेखि जाँदै गरेको ध २ प २१९७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा पर्वत पिपलटारीका २३ वर्षीय रोहित भुषाल र बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका १९ वर्षीय मनिष कँडेल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाईते भएका कँडेललाई धौलागिरी अस्पतालमा सामान्य गरि पोखरा रेफर गरेको र घाईते भुषालको अस्पतालमै उपचार भइरहेको जिल्ला ट्राफिक कार्यालय बागलुङका प्रमुख राजकुमार केसीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?