सेयर बजार फेरि दोहोरो अंकले घट्यो

Read Time = 3 mins

काठमाडौं । तिहारपछि निरन्तररूपमा उकालो लागेको सेयर बजार कारोबारको पाँचौँ दिन बिहीबार भने दोहोरो अंकले ओरालो लागेको छ । यस दिन नेप्से १६.१४ अंकले घटेर १९२२.१६ अंकमा झरेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स पनि ३.५० अंकले घटेर ३७९.४३ मा सीमित भएको छ । कुल दुई सय २० कम्पनीका २७ लाख ६७ हजार पाँच सय ३९ कित्ता सेयर ८९ करोड ८९ लाख सात हजार आठ सय ३० मा कारोबार भएका छन् ।

कारोबार भएका कुल १३ उपसमूहमध्ये दुई उपसमूहको सेयर मूल्य सामान्य बढेको र ११ उपसमूहको घटेको छ । बिहीबार बजार पुँजीकरण २७ खर्ब ६४ अर्ब ७९ करोड ५३ लाख ११ हजार छ सय ८२ पुगेको छ ।

कारोबारका आधारमा शीर्षस्थानमा रहेको एभरेष्ट बैंकको चार करोड तीन लाख ५१ हजार एक सय २० बराबरको कारोबार भएको छ भने गरिमा विकास बैंकको संस्थापक सेयर तीन करोड ६० लाख १८ हजार, अरुण काबेली पावर तीन करोड ४५ लाख ४० हजार चार सय ९३, एनआइसी एसिया बैंक तीन करोड १७ लाख १६ हजार सात सय र शिवम् सिमेन्ट तीन करोड १६ लाख ३५ हजार चार सय ६० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

युनिलिभर नेपाल ६.५६, नबिल ब्यालेन्स फण्ड ५.९२, सेञ्चुरी बैंकको ऋणपत्र ३.१८, सिटिजन म्युचुअल फण्ड दोस्रो २.६८ र नेसनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य २.२९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । त्यस्तै, विन नेपाल लघुवित्त ४.९४, मन्दाकिनी हाइड्रोपावर ४.९३, मैलुङ खोला जलविद्युत्् कम्पनी ४.४३ , ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो ४.३१ र विशाल बजार कम्पनीको सेयर मूल्य ३.९४ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?