६ सय रुपैयाँले घट्यो सुनको भाउ

Read Time = 1 min

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी ९७ हजार रुपैयाँमा कारोबार भएको छ।

शुक्रबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको थियो। सोही दिन छापावाला सुन प्रतितोला ९८ हजार एक सय रुपैयाँ र तेजाबी गोल्ड ९७ हजार ६ सय रुपैयाँमा  कारोबार भएको थियो ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँ कायम भएको छ। शुक्रबार तोलामा पाँच रुपैयाँले घटेर चाँदी एक हजार २८० रुपैयाँमा किनबेच भएको थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?