काठमाडौँ-४ मा कांग्रेसका गगनकुमार थापा विजयी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौँ । काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका गगनकुमार थापा विजयी हुनुभएको छ । निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ४५ हजार नौ सय २९ मत खसेकामा २१ हजार तीन सय दुई मत प्राप्त गर्दै उहाँ विजयी हुनुभएको हो ।

थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजन भट्टराईले १३ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ ।

०७४ को चुनावमा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?